Logo

एमाले स्थायी कमिटी बैठक सम्पन्न, ७ जना गैरसांसद मन्त्रीहरुलाई पदमुक्त गर्ने फैसलाको स्वागत (भिडिओसहित)



काठमाडौं, ६ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । भर्खरै सम्पनन भएको बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ । बैठकपछि मिडियाकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्ने विश्वास दिलाए ।

त्यस्तै, आजको बेठकमा कोडिभविरुद्ध भएका प्रयास, पछिल्लो संक्रमणका विरुद्धमा सरकारले गरेका कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका थिए । आगामी दिनमा कसरी जुध्ने भन्नेबारे पनि प्रधानमन्त्री ओलीले तयारी सुनाएका थिए । बैठकले सरकरालाई कोभिडविरुद्धको भ्याक्सिन ल्याउन पहल गर्ने, एकीकृत ढंगले स्वास्थ्य प्रणालीलाई अघि लैजान जरुरी रहेको निश्कर्ष निकालेको र यसको लागि तीन वटै तहसँग समन्वयको जरुरी रहेकोबारे निश्कर्ष निकालेको पनि सुनाए ।

बैठकले जनताको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि निश्कर्ष निकालेको ज्ञवालीले जनाए । त्यस्तै, आज सम्पन्न बाग्मती प्रदेशका राष्टियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नेहरुप्रति गम्भीरतापूर्वक लिएको र पार्टीको उम्मेद्धवारको विपक्षमा मतदान गर्ने कार्यको भत्र्सना गरेको पनि उनले जनाए । सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी गरेको पनि उनले जानकारी दिए । सरकारले अध्यादेशबाट बजेट नल्याउने उनको भनाई छ । तस्विर तथा भिडियो : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्