काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा चुनाव गर्नेगरी घोषणाको संकेत गरेका छन् । उनले चुनावमा जाँदैमा आकाश नखस्ने समेत प्रष्ट पारेका छन् ।
‘चुनावमा जाँदैमा आकाश खस्दैन,’ प्रधानमन्त्री ओलीले आज आयोजित पत्रकार सम्मेलनमा भने । उनले चुनावमा लान आफूले नचाहेको तर परिस्थिति नै त्यसतर्फ गएको तर्क गरे ।
यो मंसिरमा नभए अर्को मंसिरमा आवधिक चुनाव नै हुने उल्लेख गर्दै भने,‘लोकतन्त्रमा चुनाव अनिवार्य छ ।’ आफूले विकल्पको प्रस्ताव गरेको र दिएको समेत बताए । आफूले देशलाई चुनावमा नलैजाऔं भनेको समेत बताए ।
आफूलाई विरोधीहरुले लखेटिरहेको र बदलामा किस्तीमा प्रधानमन्त्री पद लगेर दिन नसक्ने बताए । उनले अझै पनि प्रधानमन्त्री पदको दाबी गर्ने बताए ।