Logo

ओलीले अहिले संकटमा परेपछि मधेशबारे गोहीको आँशु झार्दैछन्, भ्रममा नपरौं : बाबुराम भट्टराई



काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले यही जेठ ८ र ९ गते बस्ने पार्टीको कार्यकारिणी समितिको बैठकमा सहभागी हुन नेताहरुलाई आग्रह गरको छन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संकटमा परेपछि अहिले मधेशबारे गोहीको आँशु झारेको पनि टिप्पणी गरेका छन् । यसमा कोही पनि भ्रममा पर्न नहुने भन्दै अध्यक्ष महन्थ ठाकुर पक्षलाई भोलि र पर्सीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-“जसपाका साथीहरूसंग आग्रह:बुढो बाघले सुनको बाला देखाएर भनेछ-जीवनभरको पापकटनी गर्न बाला दान गर्छु!लोभी वटुवा नजिक गएछ।बाघले एकै गाॅस पारेछ।त्यस्तै संघीयता सुन्नै नचाहने ओलीले ऐले संकटमा परेपछि मधेसवारे गोहीको आॅसु झार्दैछन्।भ्रममा नपरौं।जेठ८-९को बैठकमा सहभागी भएर पार्टी एकता जोगाऊॅ!”



प्रतिक्रिया दिनुहोस्