Logo

मन्त्रिपरिषद बैठक सम्पन्न : संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा



काठमाडौं, ८ जेठ । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्टपतिसमक्ष सिफारिश गरेको छ । राष्टपतिले धारा ७६ को ५ अनुसार सकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषदको आजको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्