Logo

पूर्वमन्त्री भण्डारीद्धारा आर्थिक सहयोग



तनहुँ, ८ जेठ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन्। नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् । त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्