काठमाडौं, ८ जेठ । नेकपा एमालेका १४ जना प्रदेश सभा सांसदमाथि कारबाही हुने भएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनमाा एमाले उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध खिमलाल देवकोटाविरुद्ध मतदान गरेको भन्दै उनीहरुविरुद्ध कारबाहीको प्रक्रिया बढाइएको हो ।
प्रदेश सभाका १४ सांसदहरुलाई स्पष्टिकरण सोधिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय बोर्डको बैठक डाकी उनीहरुमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेपछि पत्र पठाएका हुन् । आइतबार साँझ ५ बजेभित्र १४ जनाले स्पष्टिकरण पठाउनुपर्नेछ ।
स्पष्टिकरण सोधिएकामा पूर्वमन्त्रीहरु अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डे पनि छन् । शाक्य एमालेको नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् ।
स्पष्टिकरण सोधिएका एमाले बागमती प्रदेश सांसदहरु
अष्टलक्ष्मी शाक्य
राजेन्द्रप्रसाद पाण्डे
अरुण नेपाल
रचना खड्का
वसन्तप्रसाद मानन्धर
कृष्णप्रसाद शर्मा खनाल
शान्तिप्रसाद पौडेल
मुनु सिग्देल
इन्द्रमाया गुरुङ
मिना ज्ञवाली
बसुन्धरा हुमागाँई
लक्ष्मण लम्साल
कुसुमकुमार कार्की
पार्वती सिलवाल