काठमाडौं, ९ जेठ । नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेका छन् ।
कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल खोल्ने प्रक्रिया बढाएको छ । नेपालले नयाँ दल खोल्नलागेको खुलासा गरेका छन् । उनले नयाँ दल खोल्न वाध्य पारिएको प्रतिक्रिया दिएका छन् ।
नेपाल समूहले नयाँ दलको खाका यसअघि नै तयार गरिसकेको छ । पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको बुझिएको छ ।
नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भीम रावलले महासचिवको जिम्मेवारी पाउनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल हुनेछन् ।