Logo

साढे ९२ हजारलाई रोजगारी



काठमाडौं, जेठ ९ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशभर चालु आर्थिक वर्ष २०७७र७८ वर्षको हालसम्म ९२ हजार ६५९ जनाले रोजगारी पाएका छन् । चालु आर्थिक वर्षमा दुुई लाखलाई न्यूनतम एक सय दिनको रोजगारी दिने राष्ट्रिय लक्ष्य रहेकोमा आर्थिक वर्षको १० महिनामा त्यतिले औसतमा करिब १६ दिनको रोजगारी पाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सरक्षा मन्त्रालयले चालु आर्थिक वर्षका लागि न्यूनतम एक सय दिनको दुई लाखलाई रोजगारी दिने सरकारको राष्ट्रिय लक्ष्यको संख्या पुग्ने विश्वास गरेको छ । श्रम मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवम् सहसचिव सुमन घिमिरेले लक्ष्य अनुसार तोकिएको समयावधि नभए पनि संख्यात्मक रूपमा लक्ष्य नजिक पुग्न सकिन बताउनुभयो ।

उहाँले सहर केन्द्रित पालिकामा आयोजना सञ्चालन गर्नका लागि दोस्रो लहरको कोरोना महामारीले प्रभाव पारे पनि ग्रामीण क्षेत्रका पालिकामा अहिले पनि काम भइरहेको बताउनुभयो । उहाँले कोरोनाको असर नपरेका वा कम परेका पहाडी पालिकालाई सरकारले तोकेको स्वास्थ्य सुरक्षा पालना गरेर यस कार्यक्रमअ्रन्र्तगतका आयोजनाका काम सञ्चालन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्रम सञ्चालन गर्नुहोस्, हामी सम्पन्न आयोजनाका आधारमा तुरून्त भुक्तानीको प्रक्रिया सुरू गछौँ । ’मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालन गर्नका लागि १० अर्ब ३४ करोड विनियोजन गरेकोमा कुल आयोजनाका आठ अर्ब एक करोड १४ लाख ५७ हजार प्रविष्ट गरेको थियो । जसमा अहिलेसम्म ८१ करोड ६७ लाख १८ हजार ज्यालामा खर्च गरेको छ अन्य खर्चको विवरण संकलनकै क्रममा रहेको मन्त्रालयले जनाएको छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्