Logo

नेशनल लाइफको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिने



काठमाडौं, ९ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा भोलीसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन हो ।

बैंकले इन्स्योरेन्सको उक्त संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा ल्याएको थियो । आवेदकले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ सय ४९ रुपैयाँ निधारण गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरीे भोलिसम्म उक्त लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकको लिलामी शेयर खरिदका लागि आवेदकले न्युनतम १ सय कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । बैंकको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्