Logo

यी १४ जना एमाले सांसदले कलमलाई भोट हालेका हुन् ?



काठमाडौं, ९ जेठ । नेकपा एमालेको बागमती प्रदेश सभा संसदीय बोर्डले १४ जना सांसदलाई स्पष्टिकरण सोधेको छ । उनीहरुमाथि कारबाही गर्न यो प्रक्रिया बढाइएको हो । स्पष्टिकरणको जवाफ १४ जनाले पठाएको बुझिएको छ । तर, त्यसले उनीहरुमाथि कारबाही नटर्ने निश्चितप्रायः भएको छ ।

एमाले बागमती प्रदेशले १४ जनामध्ये प्रत्यक्षतर्फ निर्वाचित अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डेलगायतलाई पदमुक्त गर्ने तयारी गरेको छ । समानुपातिकतर्फ चुनाव जितेकाको हकमा निष्काशित गरी सूचीमा तलतिर रहेकालाई निर्वाचित र्गे तयारी भएको छ ।

राष्ट्रियसभाको बागमती प्रदेशतर्फको सिटमा ६ जेठमा उपनिर्वाचन हुँदा एमाले नेता रामबहादुर थापा बादल माधव नेपालनिकट खिमलाल देवकोटासँग पराजित भएपछि कारबाही बढाइएको हो । देवकोटा कलम चिन्ह लिएर उम्मेदवार बनेका थिए । बादल सुर्य चिन्हबाट चुनाव लडेपनि सुर्य चिन्हबाट चुनाव जितेका प्रदेश सभा सांसद र जनप्रतिनिधिहरुले मत नदिएको छर्लङ्ग छ । तर, क कस्ले कलमलाई मतदान गरे खुल्न सकेको छैन ।

राष्ट्रिय सभामा गोप्य मतदान हुन्छ । गोप्य मतदानमा क कस्ले मत कलमलाई दिए भन्ने आशंका मात्र गर्न सकिएको छ । त्यसो बागमतीमा एमालेको प्रदेश सभामा ५६ सदस्य संख्या रहेकोमा २० भन्दा पनि नेपाल समूहका छन् । तर, छानेरै १४ जनामाथि कारबाहीको प्रक्रिया बढाइएको छ ।

बादलले प्रदेश सभातर्फबाट ४५ जनाको मत प्राप्त गर्दा देवकोटाले ५८ जनाको मत पाएका थिए । एमालेको ५६ जना सांसद रहेकोमा बादलको ४५ जनाबाट मात्र मत प्राप्त हुनुले मत क्रस भएको देखिन्छ ।

एमालेका कारबाहीको सूचीमा राखिएका १४ जना माधव नेपालसँग निकै नजिक रहँदै आएकाहरु हुन् । यसकारण पनि उनीहरुमाथि कारबाहीको प्रक्रिया बढाइएको बुझिएको छ ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सांसदहरु
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्र पाण्डे
३. अरुण नेपाल
४. रचना खड्का
५. कुसुमकुमार कार्की
६. वसुन्धरा हुमागाईँ
७. मुनु सिग्देल
८. इन्द्रमाया गुरुङ
९. कृष्णप्रसाद खनाल
१०. वसन्तप्रसाद मानन्धर
११. शान्तिराम पौडेल
१२. मीना ज्ञवाली
१३. लक्ष्मण लम्साल
१४. पार्वती सिलवाल



प्रतिक्रिया दिनुहोस्