Logo

एशियन लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम



काठमाडौं, ९ जेठ । एशियन लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । महालक्ष्मी बैंकको स्वामित्वमा रहेको एशियन इन्स्योरेन्सको ६६ हजार ७५७ कित्ता संस्थापक समुहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले बैशाख २६ गतेदेखि लिलाम बढाबढ गरी बिक्रि खुल्ला गरेको सस्थापक शेयरको न्युनतम मुल्य ६१८ रुपैयाँ तोकिएको छ । लगानी गर्न इच्छुकहरुले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरी आजसम्म कम्पनीको शेयर भनै पाउनेछन् । शेयर बिक्रि प्रबन्धकमा सिद्वार्थ क्यािपटल रहेको छ।

 



प्रतिक्रिया दिनुहोस्