काठमाडौं, ९ जेठ । पूर्वमन्त्री जेपी गुप्ताले जनता समाजवादी पार्टीलाई ‘सिखण्डी’ भनेका छन् । उनले जसपा मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने सिखण्डी बनेको टिप्पणी गरेका हुन् ।
आज ट्वीट गर्दै गुप्ताले भनेका छन्, ‘मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने सिखण्डी बनेका एक पक्षको रुपमा जसपा पनि रह्यो ।’
उनले जसपाले के उपलब्धि पायो ? भनी प्रश्न समेत गरेका छन् । केही मुद्दा फिर्ता र मसी सुक्न नपाउँदै मेटेर जाने उपलब्धिको नाममा देशले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए ।
महन्थ ठाकुर समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहयात्रालाई आत्मघाती भनेका छन् ।
मधेश केन्द्रित दलमा रहेर राजनीति समेत गरेका गुप्ताले भनेका छन्ः मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने ‘सिखण्डी’ बनेका एक पक्षको रूपमा #जसपा पनि रह्यो। आखिर के उपलब्धि पायो त? सय/पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउदै मेटेर जाने आत्ममुघ्ततापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्ने ‘आत्मघाती’ ‘बिखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ?