Logo

केपी ओलीलाई साक्षी राखेर महारानीबाट जनताले लेखेको संविधानको हत्या भयो : कांग्रेस नेता चौलागाँई



काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका नेता भरत चौलागाँईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लेखेको संविधानको हत्या गरेको भन्दै कडा विरोध जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओलीले जनताले लेखेको संविधानको राष्टपति विद्यादेवी भण्डारीसँगको मिलेमतोमा हत्या गरेको टिप्पणी गरेका छन् ।

उनले संसद् विघटन गर्नु संविधानमाथिको जालझेल र व्यवस्थामाथिको षड्यन्त्र भएको पनि दाबी गरेका छन् । उनले लेखेका छन्-“संविधान माथिको जाल, झेल; व्यवस्था माथिको षड्यन्त्र; मुलुक र जनता माथिको धोका ! संसद ठीक छैन/थिएन भन्ने कुरा जसरी पनि सावित गराउने कोशिशमा के पि ओलि लागेका छ्न ! सडक खाली भएको बेला सदनसमेत खाली गराएर निरंकुश शैलीमा कुद्ने ओलीको पुरानै रणनीतिक डिजाइन हो, यो कायमै छ ! संसद ठीक नभएको सावित गर्दै छन ! राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई द्वन्द्वमा लगेको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन। नेपालमा ठीक १७१ वर्ष पछि नयाँ कोत पर्व , कोत पर्वमा जङ्गबहादुरले मानिसको हत्या गरेका थिए रानीलाई साक्षी राखेर । हिजो जनताले लेखेको संविधानको हत्या भयो महारानीवाट केपी ओलीलाई साक्षी राखेर । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अवधारणा बोकेको नेपालको संविधान २०७२ को रक्षा गर्न सम्पुर्ण लोकतन्त्रवादीलाई एकजुट भै आफ्नो ठाउ बाट बिरोध गरौ ! जयनेपाल”



प्रतिक्रिया दिनुहोस्