Logo

उनापानीमा खानेपानी समस्या



सिमकोट, ९ जेठ: गत मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ ।

मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक घण्टाको पैदल हिडेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । गाउँ नजिक भएको पानीको मुहान सुकेपछि अहिले एक घण्टाको पैदल हिडेर लेख वस्तिबाट औगमा रहेको गाउँमा पानी ल्याउन जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गगन थापाले बताए ।

ट्यांकी भत्किएपछि गाउँ वरपर नजिक कतै मुहान नभएकाले खानेपनीको लागी गाउँमै पुग्नुपर्ने बाध्यता रहेको उनले जानकारी दिए । सर्केगाड गाउँपालिका र ग्रामीण जलस्रोतको संयुक्त सहयोगमा सो ट्याङ्की निर्माण भएको थियो।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्