Logo

सुरेन्द्र पाण्डेले माधव नेपाललाई भेटेपछि हस्ताक्षर गरे



काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उनले नेपालसँग कुराकानी गरेका हुन् । आज १४९ प्रतिनिधि सभा सांसदको हस्ताक्षर गरेर सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहँदा पाण्डे बानेश्वर पुगेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने १४९ सांसदको हस्ताक्षरमा उनको पनि हस्ताक्षर थियो । सर्वोच्च अदालतमा ओलीको कदमविरुद्ध हस्ताक्षर संकलन भइरहँदा पाण्डे पनि पुगेका हुन् । पाण्डेले आफूले हस्ताक्षर गरेको बताए । उनले भने,‘यस्ता १० वटा मुद्दा दायर भइसकेको छ, के काम लाग्छ ?’ हस्ताक्षर गरेपनि पाण्डे त्यसप्रति सन्तुष्ट देखिएका थिएनन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्