Logo

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्मिरे लघुवित्तले ग्रयो निःशुल्क खाना वितरण



काठमाडौं, १० जेठ । चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निःशुल्क खाना वितरण गरेको छ । संस्थाको चरिकोटमा रहेको शाखाले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो ।

संस्थाको अनुसार हाल संक्रमणबाट उपचार भईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकमीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न लघुवित्तले लालिगुराँस यूवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पलना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको हो ।



प्रतिक्रिया दिनुहोस्