काठमाडौं, १० जेठ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित उनी पक्षीय नेताहरुलाई निष्काशन गरिने बुझिएको छ ।
नेपाल र खनालमाथि पार्टी विरोधी गतिविधिमा लागेको देखि राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार बादललाई हराएको भन्दैमा निष्काशन गर्न लागिएको बुझिएको छ ।
यसअघि नेपालसहित ११ जना एमाले सांसदलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टिकरण सोधिएको छ । तर, कसैले पनि स्पष्टिकरणको जवाफ दिएनन् ।
एमालेबाट निष्काशित गर्न लागिएकामा नेपाल र खनालसहित नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, मउपमहासचिवमा निर्वाचित घनश्याम भुसाल, सचिवमा निर्वाचित भीम आचार्यका अलावा सांसदहरु विरोध खतिवडा, पवित्रा निरौला, मेटमणि चौधरी, सोमप्रसाद पाण्डे, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवारलगायत छन् ।
यसैगरी, बागमती प्रदेशका १४ सांसदलाई पनि पार्टीबाट निष्काशित गर्ने तयारी भएको छ । राजेन्द्र पाण्डे, मुनु सिग्देललगायतलाई निष्काशन गर्न लागिएको बुझिएको छ ।