एजेन्सी, १० जेठ । हाल विश्वका धेरै देशहरुले कोरोनाको दोस्रो लहरसँग जुझिरहेका छन् । भारतमा पछिल्लो केही हप्तादेखि प्रत्येक दिन हजारौको संख्यामा कोरोना संक्रमणबाट मानिसहरुले ज्यान गुमाइरहेका छन् ।
भारत विश्वको मृत्युको तेस्रो नम्बरमा आएको छ । सबैभन्दा कोरोना प्रभावित देश अमेरिका हो । अमेरिकामा हालसम्म ५ लाख ८९ हजार ७ सय ३ जनाको मृत्यु भएको छ । दोस्रो प्रभावित देश हो ब्राजिल । ब्राजिलमा हालसम्म ४ लाख ४८ हजार २०८ जनाको निधन भइसकेको छ । हालसम्म भारतमा ३ लाख भन्दा बढीको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
पछिल्लो २४ घन्टामा भारतमा ४ हजार ४५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, ३ लाख २ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितको संख्या २ करोड ३७ लाख २८ हजार ११ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७१० रहेको छ ।
देशभर संक्रिय संक्रमितको संख्या २७ लाख २० हजार ७१६ रहेको छ । यसैगरी भारतमा हालसम्म १९ करोड ६० लाख ५१ ह्जार ९६२ जनाले कोरोना खोप लगाएका छन् । तीन-चार हप्ता अगाडी भारतमा दैनिक ४ लाख भन्दा बढी संक्रमित पुष्टि भएसँगै मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य बृद्वि हो ।