काठमाडौं १० जेठ । स्वास्थ्य तथा जनसख्या मन्त्री हृदयेश त्रिपाठीले अबको चार सातापछि कोरोना संक्रमण घट्ने बताएका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
हाल उपत्यकामा केही संक्रमण डर घटेपछि उपत्यका बाहिरका जिल्लामा संक्रमण बढीरहेको उनले बताए । केही सेवाहरु सुचारु रहेकाले त्यसका कारण पनि संक्रमण बढीरहेको उनको भनाई छ । हाल देशभरी एक सय ५७ अस्पतालमा कोभिडका बिरामीको उपचार भइरहेको उनले जनाए ।-File Photo