Logo

एमाले बैठक: माधव नेपालसहित हस्ताक्षर गर्ने निवर्तमान सांसदलाई पार्टीबाट निष्काशनको निर्णय आउँदै



काठमाडौं, १० जेठ । नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुमाथि पार्टी सदस्यता समेत नरहने गरी कारबाही गर्ने बुझिएको छ ।

कारबाहीको सूचीमा यसअघि स्पष्टिकरण सोधिएका ११ जना विघटित प्रतिनिधि सभाका सांसद छन् । उनीहरुले शेरबहादुर देउवालाई बहुमतको आधारमा प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनले राष्ट्रपति कार्यालयमा दर्ता गरेको निवेदनमा हस्ताक्षर गरेका छन् ।

एमालेबाट निष्काशित गर्न लागिएकामा नेपाल र खनालसहित नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावल, उपमहासचिवमा निर्वाचित घनश्याम भुसालसहित निवर्तमान सांसदहरु विरोध खतिवडा, पवित्रा निरौला, मेटमणि चौधरी, सोमप्रसाद पाण्डे, भवानीप्रसाद खापुङ, यज्ञराज सुनुवारलगायत छन् ।



प्रतिक्रिया दिनुहोस्