Logo

ओलीलाई ‘राष्ट्रघाती’ भन्दै भीम रावलले लेखेः केपी गुटले निष्काशित गर्यो भन्नु हाँस्यास्पद



काठमाडौं, १० जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासत गर्यो भन्नु हाँस्यास्पद भएको टिप्पणी गरेका छन् । उनले यसलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको फुटवादको निरन्तरता भने ।

आज ट्वीट गर्दै रावलले ओलीमाथि राष्ट्रघाती कुकृत्य गरेको आरोप समेत लगाए । देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण गरेर राष्ट्रघात गरेको आरोप लगाए ।

रावलले ट्वीटरमा लेखेका छन्ः पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।



प्रतिक्रिया दिनुहोस्