Logo

एमालेबाट ११ निष्काशित, १२ निष्काशनको तयारीमा (नामावलीसहित)



काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता निष्काशित भएपछि विभाजन निश्चितप्रायः भएको छ । त्यसमाथि १२ जना नेपाल निकट नेताहरुमाथि निष्काशनको तयारी भइसकेको छ ।

हिजो स्थायी कमिटी बैठक डाकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्काशनको निर्णय लिएका हुन् । निष्काशनमा पर्नेमा भीम रावल पनि छन् । ओलीविरुद्ध सक्रिय नेताहरु कारबाहीमा परेका हुन् ।

यसैगरी एमाले बैठकले सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको जानकारी दिए । उनीहरु शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरु हुन् । हस्ताक्षरकर्ता २३ जना नै कारबाहीको सूचीमा परेका छन् ।

एमालेबाट निष्काशित हुनेहरु
१. माधवकुमार नेपाल्
२. झलनाथ खनाल
३. डा. भीम रावल
४. रामकुमारी झाँक्री
५. सरला यादव
६. कल्याणी खड्का
७. पुष्पा कर्ण
८. मुकुन्द न्यौपाने
९. निरा जैरु
१०. कलिना खान
११. लक्ष्मीकुमारी चौधरी

स्पष्टिकरण सोधिएकाहरु
१. धनश्याम भुसाल
२. सुरेन्द्र पाण्डे
३. भवानी खापुङ
४. यज्ञराज सुनुवार
५. विरोध खतिवडा
६. जीवनराम श्रेष्ठ
७. कृष्णलाल महर्जन
८. सोमप्रसाद पाण्डे
९. मेटमणि चौधरी
१०. झपट रावल
११. दिपकप्रकाश भट्ट
१२. नारायण खतिवडा



प्रतिक्रिया दिनुहोस्