Logo

प्रभु बैंकको १० वर्षे अवधिको ऋणपत्र आजदेखि विक्रिमा



काठमाडौं, ११ जेठ । प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र आजदेखि विक्रिमा ल्याएको छ । १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र बैंकले विक्रि गर्न लागेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तरिकाले विभिन्न संघ संस्थाहरुलाई र बाँकी रहेको १६ लाख कित्ता सामुहिक लगानी कोषमा विक्रि गर्ने बैंकले जनाएको छ ।

सामुहिक लगानीकोषबाट सर्वसाधारणलाई छुट्टाइएको १६ लाख कित्ताबाट २५ सय कित्ता सामुहिक लागनी र बाँकी भएको १५ लाख ९७ हजार ५ सय कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्