Logo

गोकुल बाँस्कोटाको प्रश्नः अदालतले निर्दल घोषणा गर्छ ?



काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि व्यङ्ग्य गर्दै निर्दलको माग अदालतसँग गरेको टिप्पणी गरेका छन् । उनले अदालतले निर्दल घोषणा गर्छ ? भनी प्रश्न समेत गरेका छन् ।

बास्कोटाले एमाले भएन भने अर्को पार्टी खोल्छु भन्नेहरु कुन दलको सांसदको रुपमा रहलान् ? भनी प्रश्न समेत गरेका छन् । उनले गणतन्त्रमा पृथ्वीनारायण शाहलाई घृणा गर्ने शिक्षा दिएको भन्दै पार्टी भक्ति तुहिएको टिप्पणी समेत गरेका छन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुनस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र ?तिनिहरु कुन दलका सांसदका रुपमा रहलान? हाम्रो गणतन्त्रले राष्ट्र एकिकरण गर्ने पृथिवीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा दिएको छ।पार्टी भक्ति त तुहियो।



प्रतिक्रिया दिनुहोस्