Logo

रत्नराज्य आइसोलेसनमा जय शीवलालको एक लाख सहयोग



काठमाडौं, ११ जेठ । बानेश्वरस्थित रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरमा जय शीवलाल श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरेका छन् । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित उक्त आइसोलेसन सेन्टरका लागि उनले रत्नराज्य स्कुलमै पुगेर एक लाख रुपैयाँ सहयोग गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को संरक्षण र मुख्य भूमिकामा हन्ड्रेड्स ग्रुप, नेपाल महिला एकता समाज र स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसनमा ९ जना संक्रमित भर्ना भएका छन् ।

एक लाख रुपैयाँ पैसाले सेवालाई थप प्रभावकारी बनाउँन मद्धत पुग्ने प्रदेशसभा सदस्य श्रेष्ठले बताए । संक्रमितलाई खाने सुविधा पनि आइसोलेसन सेन्टरले उपलब्ध गराएको छ । कोरोना संक्रमितलाई डाक्टर र नर्ससहितको सेवा दिइएको छ ।

संक्रमितलाई खाने सुविधा पनि आइसोलेसन सेन्टरले उपलब्ध गराएको छ । कोरोना संक्रमितलाई डाक्टर र नर्ससहितको सेवा दिइएको छ । भक्तराज भट्टराईले आइलेसन सेन्टर सञ्चालका लागि १० हजार सहयोग गरेका छन् । भट्टराईले आफ्नो जन्मदिनको उपलक्ष्यमा उक्त सहयोग आइसोलेसन सेन्टरलाई दिएका हुन् ।

दिक्तेल समाजले पनि रत्नराज्यको आइसोलेसन सेन्टरका लागि ३० हजार सहयोग प्रदान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्