काठमाडौं, १२ जेठ । अबदेखि शेयर बजारमा बैंक तथा वित्तीय संस्थाले अल्पकालिन लगानी गर्न नपाउने भएको छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक समीक्षाका नितिअनुसार कार्यान्यन गर्न जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थाहरुको लागि शेयर खरिदमा कडाई गर्ने भएको हो ।
अबदेखि सर्वसाधारणमा शेयर बिक्रि गरी धितोपत्र विनिमय बजारमा सुचीकृत भइसकेका संस्थाको शेयर तथा डिबेन्चरमा एक वर्ष भन्दा बढी अवधिको लागि मात्र लगानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
राष्ट्र बैंकको मंगलबारको यो निर्देशन पछि बैक तथा वित्तीय संस्थाले कुनै पनि किसिमका संगठित संस्थाको शेयरमा अल्पकालिन लगानी गर्न पाउने छैनन् ।