Logo

एमाले सुदुरपश्चिम संसदीय दलको बैठक सम्पन्न, केन्द्रले दिएको निर्देशन नमान्ने निर्णय



काठमाडौं, १२ जेठ । नेकपा (एमाले) सुदुरपश्चि प्रदेशसभा संसदीय दलको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको हो । यसअघि पार्टी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन र सरकारबाट समेत मन्त्रीहरुलाई फिर्ता हुन भनेको थियो । तर, आज बसेको एमाले सुदुरपश्चिम संसदीय दलको बैठकले भने तत्काल सरकारबाट फिर्ता नलिने भन्दै केन्द्रको निर्देशनर्ला चूनौति दिएको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै सांसद पुना जोशीले भनिन्-“तत्कालको लागि समर्थन फिर्ता नलिने निणर्य भएको छ । अर्को कुरा भनेको नेकपा एमालेको स्थायी कमिटीले गरेका निर्णय सार्वजनिक मिडियालगायतका सार्वजनिक भएको छ । सरकार फेरबदलको कुरामा अहिले नै परिपक्क भएको छैन । अरु दलहरुसंग पनि सम्वाद अगाडि बढाउने कुराहरु भएको छ । कोभिड लगायतका कुराहरुमा सरकारको प्रभावहिनता देखिएको छ । तर, राम्रोसंग प्रदेश सरकारले काम गर्न नसकेको अवस्था देखिएको छ । त्यसलाई थप प्रभावकारी बनाएर यो प्रदेशका जनताहरुको सुरक्षा गर्ने कुराहरुमा प्रदेश सरकार प्राथामिकताका साथ लाग्नुपर्छ भन्ने कुराहरु भएको छ ।”

आजको बैठकमा २१ जनको उपस्थिति रहेको पनि उनले जनाईन् । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेको नै सरकार बन्ने अवस्था नभएको सुनाउँदै उनले भनिन्-“त्यसैले अरु दलहरुसंग संवाद नगरिकन यो, भ्याकुममा राख्ने कुराहरु र यस्तो क्रिटिकल अवस्थामा जनता छन् । यहाँ एउटा सरकार गुमाउने अर्को सरकार नपाउने अवस्थामा अपरिपक्व निणर्य गर्नुहँुदैन । पार्टीहरुसंग संवाद अगाडि बढाएर नयाँ सरकार बन्ने परिस्थिति बनेको खण्डमा मात्रै सरकारलाई दिएको सर्मथन फिर्ता गर्ने भन्ने कुराहरु हाम्रो छलफलले आज निर्देश गरेको छ । एकातिर नयाँ नीति तथा कार्यक्रमहरु आउँदैछ । १६ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउनुपर्छ । यो दुईवटै कुराहरुलाई प्राथमिकता नदिएर सरकारमा मात्रै को जाने भन्ने कुराहरु गरेर यसले चाहीँ अपरिपक्व् निर्णय हुन्छ । केन्द्र जसरी लथालिङ भएको छ, त्यसरी नै प्रदेश सरकार पनि लथालिङग हुन्छ । यस्तो कुरा सिर्जना गर्नहँुदैन् । जनताप्रति प्रभावकारिता पार्टींलाई पनि सर्मथन गर्ने कुराहरु पार्टीकै निर्णय भएपनि कार्यान्वयन हुने गरेर हामीले निणर्य गर्छौं ।
उनले आफूहरुले कराबाही भोग्ने खालको कुनै गतिविधि वा काम नगरेको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, हामीले कारवाही योग्य किसिमको त्यस्तो कामहरु गरेका छैनौँ । हामीले केन्द्रको स्थायी कमिटीको निर्णयको अवेज्ञा गरेर हिँडेका छैनौँ । आधिकारिक रुपमा त्यो पत्र संसदीय दलमा आई नपुगेको भन्ने कुरा संसदीय दलको नेता र प्रमुख सचेतकले नै प्रष्ट पार्नुभएको छ । बरु, पार्टीको निर्णय हामीले सार्वजनिक मिडियाबाट सुनेका छौँ ।’

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्