Logo

राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह



१२ जेठ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मालीमा जारी रहेको सैनिक क्रियाकलापहरुप्रति निगरानीलाई कायमै राखिएको बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसका प्रवक्ताले मंगलबार सो जानकारी गराएका हुन् । उनका अनुसार मालीको पछिल्लो अवस्थाका बारेमा राष्ट्रसंघीय महासचिव गुटेरसले निकै नजिकबाट नियाली रहेका छन् ।

मालीको सैनिक सरकारले पछिल्लो समयमा त्यहाँका नागरिक नेताहरुलाई थुनामा राखेको छ । तर, उनीहरुको रिहाइ गर्नुपर्ने भन्दै पछिल्लो समयमा संयुक्त राष्ट्रसंघ र विश्वका अरु देशले पनि माग गरको छन् ।

महासचिवका प्रवक्ता स्टेफान डुजारिकले मालीको बारेमा महासचिव गुटरेसलाई राम्रोसम्ग ब्रिफ गरिएको छ र यस विषयमा उहाँलाई पूर्ण जानकारी रहेको बताएका छन् ।

त्यसैले महासचिव गुटरेसले मालीको सैनिक सरकारले त्यहाँका नागरिक आन्दोलनका नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै उनीहरुलाई जतिसक्दो चाँडो रिहा गर्नुपर्ने माग गरेका छन् । मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि रहेको छ । सो मिसनमार्फत् महासचिव गुटरेशले धेरै कुरा जानकारीमा लिएका पनि उनका महासचिव डुजारिकले मंगलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्