Logo

बिहीबारदेखि निर्धन लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्रि



काठमाडौं, १२ जेठ । बिहीबारदेखि निर्धन उत्थान लघुवित्तको १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुल्ला गर्ने भएको छ ।

आवेदकले जेठ २० गतेसम्ममा शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नसक्ने कम्पनीले जनाएको छ ।

आवेदकले बोलपत्र पेश गर्दा न्युनतम २ हजार देखि अधिकतम सम्पुर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्