Logo

सर्वोच्चको निर्णयपछि कदम चाल्ने तयारीमा माधव नेपाल देखि महन्थ ठाकुरसम्म



काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतको निर्णयलाई कुर्नेमा माधवकुमार नेपाल, महन्थ ठाकुरलगायतका नेताहरु मुख्य देखिएका छन् । नेपाल नयाँ दल खोल्ने तयारीमा छन् । तर, उनले निर्णय भने प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गर्ने फैसलाको प्रतिक्षा गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जान ठिक्क परेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह पनि रोक्किएको छ । ठाकुर समूहले पनि सर्वोच्चको निर्णयको प्रतिक्षा गर्ने भएको छ ।

बिहिबार र शुक्रबार पेशी चढेको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश मागको रिटको छिटो फैसलाको प्रतिक्षामा मुख्य दलका नेताहरु रहेका छन् । त्यसले राजनीतिलाई एउटा दिशा दिनेछ भने नेताहरुले पनि आफ्नो योजना अगाडि बढाउन सक्नेछन् ।

सर्वोच्चको निर्णय कुर्नेहरुमा माधव नेपाल समूहमा जाने या एमालेमै रहने भनेर द्वुविधामा रहेका केही नेताहरु पनि रहेका छन् । विशेषगरी गोकर्ण बिष्टलगायतले त्यसतर्फ ध्यान दिइरहेका छन् । बामदेव गौतमले पनि कुन पक्षमा लाग्ने त्यसको निर्णय सर्वोच्च अदालतको फैसलापछि नै गर्ने बुझिएको छ । सम्भवत उनी माधव नेपाल समूहमा लाग्ने सम्भावना बलियो छ ।



प्रतिक्रिया दिनुहोस्