काठमाडौं, १२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवाद भएपछि सीले यस्तो घोषणा गरेका हुन् ।
नेपालका लागि चीनकी राजदूत होउ यान्छीले १० लाख डोज खोप प्रदान गर्ने घोषणाबारे जानकारी गराएकी हुन् । यो खोप अनुदानस्वरुप प्राप्त हुने उल्लेख छ ।