Logo

एमालेमा कित्ताकाट, माधव नेपाल पक्षमा खुले यी १५ नेता (नामावलीसहित)



काठमाडौं, १२ जेठ । नेकपा एमालेमा कित्ताकाट स्पष्ट भएको छ । नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका १५ नेताले माधव नेपालको पक्ष लिएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीको कदमविरुद्ध वक्तव्य समेत निकालेका छन् ।

ओलीको चर्को आलोचना गरिएको वक्तव्यमा एमालेबाट निष्काशित गरिएका माधव नेपाल, झलनाथ खनाल र भीम रावलको नाम सँगै स्पष्टिकरण सोधिएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतको नाम छ ।

माधव नेपाल समूह छाडेका गोकर्ण बिष्ट र योगेश भट्टराईको पनि वक्तव्यमा नाम छ । बिष्टले सर्वोच्चमा विपक्षी गठबन्धनले दायर गरेको रिटमा हस्ताक्षर गर्न मानेका थिएनन् । भट्टराईले देउवालाई प्रधानमन्त्री बनाउने एमालेका माधव नेपाल समूहका सांसदहरुले गरेको हस्ताक्षरमा आपत्ती जनाउँदै हस्ताक्षर गर्न मानेका थिएनन् ।

एमालेका माधव नेपाल समूहमा देखिएका नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेकाहरु
१. झलनाथ खनाल
२. माधव कुमार नेपाल
३. युवराज ज्ञवाली
४. अष्टलक्ष्मी शाक्य
५. भीम रावल
६. घनश्याम भुसाल७
७. भीम आचार्य
८. गोकर्ण बिष्ट
९. योगेश भट्टराई
१०. सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजी पन्त
१३. बेदुराम भुसाल
१४. अमृत कुमार बोहरा
१५. प्रमेश हमाल



प्रतिक्रिया दिनुहोस्