Logo

नेपाल फाइनान्स र ललितपुर फाइनान्स मर्ज हुँदै, दुवैले एकैदिन बोलाए विशेष साधारण सभा



काठमाडौं, १३ जेठ । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले एक्विजिशन प्रस्ताव पारित गर्न दुवैले एकैदिन जेठ २८ गते विशेष साधारण सभा बोलाएका छन् ।
नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न दुबै कम्पनीले विशेष साधारण सभा बोलाएका हुन् ।

। सभामा नेपाल फाइनान्सले ललितपुर फाइनान्स लाई १ः१ शेयर अनुपातमा प्राप्त गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनार्थ नेपाल फाइनान्सले जेठ १९ गते बुकक्लोज गर्ने भएको छ । यस अघि नै एक्विजिशन प्रक्रियाका कारण ललितपुर फाइनान्सको शेयर कारोबार रोक्का रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्