दीपक भण्डारी : आज म धेरै पीडामा छु । मेरो मन रोएको छ । म मेरो मनलाई स्थिर राख्नसकेको छैन । धेरै जीवनका दियोहरू आज पनि निभेका छन् । कहिले नदेखेको, कहिले नभेटेको मान्छे जीवनसँग जुहारी खेलेको खबर सुन्दा पनि आज मेरो मन बिथोलिएको छ । मेरो उनीहरूसँग भावनात्मक सम्बन्ध छ, मानवताको सम्बन्ध मात्र छ ।
आकाश र पृथ्वीको सम्बन्ध, पानी र माटोको सम्बन्ध, चन्द्रमा र सूर्यको सम्बन्ध हरेक सम्बन्धहरू एक अर्काका परिपूरक हुन्छन् र एकअर्काविना अस्तित्व कायम रहँदैन । जसरी मसी, कागज र कलमको सम्बन्धले शब्दको साकार रूप देखिन्छ । यी चीजहरू एक्लो हुँदा साकार शब्द दृष्टिगोचर हुनमा बाधा उत्पन्न हुन्छ । त्यस्तै हाम्रो जीवनमा पनि सम्बन्धहरूको ठूलो अर्थ हुन्छ । एक्लो जीवन विभिन्न सम्बन्धहरू जोड्न क्रियाशील रहन्छ तर विडम्बना हामी हाम्रो अज्ञानताले अहङ्कारले सम्बन्धको महत्त्व देख्न सक्दैनौँ । सूर्यको किरण चन्द्रमा पर्नु र चन्द्रमाले सूर्यको किरण लिएर उज्यालो दिनुको कारण नै चन्द्रमाको अस्तित्व बढेको हो र त्यस्तै सूर्यको किरणको पनि रातको समय भए पनि थप उपयोगी भएको हो । जसरी पानी र माटोको मिश्रणले उब्जनीलाई मद्दत गर्छ, त्यस्तै हाम्रो जीवनलाई पनि उर्वर गराउनको लागि अनेक सम्बन्धहरूको योगदान रहेको हुन्छ । हामी जन्मिनुभन्दा अगाडिदेखि नै आमाको शरीरसँग सम्बन्ध जोडेर,अभिन्न अङ्ग भएर आफ्नो अस्तित्वको खोजी गरेका हुन्छौँ । कसैको जीवन सफल हुनको लागि धेरै सम्बन्धहरूको योगदान रहेको हुन्छ । कुनै पनि प्रख्यात गायकको पछाडि सङ्गीतकारको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यस्तै गीतकारको पनि कम भूमिका हुँदैन । कुनै पनि गुरुको पछाडि उसको पहिलो ‘कपुरी क’ पढाउने गुरुको महत्त्वलाई बिर्सन सकिँदैन ।
कतै कतै महान् फूटबल खेलाडीहरूको जीवनी हेर्ने हो भने उनीहरू आफ्नो पहिलो गुरुलाई कहिले बिर्सिएका हुँदैनन् र आफूले बाल्यावस्थामा सँगै मोजालाई भकुण्डो बनाएर खेलेका दाँैतरीहरूलाई भुल्न कदापि सक्दैन । शायद उनीहरूको त्यो बेलाको साथ हुन्थेन भने उनीहरूको फुटबलप्रतिको मोह सेलाएर जाने पो थियो कि ! त्यसैले हरेकको जीवनमा हरेक पलपलमा जोडिएका सम्बन्धको महत्त्व आफ्नै हुन्छ, यो यथार्थलाई नकार्न सकिँदैन । ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ भनेजस्तै यस प्रकृतिमा हरेक वस्तु एकअर्कामा केही न केही रूपमा निर्भर हुन्छन् ।
हाम्रो शरीर पञ्चतत्त्वले बनेको छ – पृथिवी, जल, तेज, वायु, आकाश । हाम्रो शरीरको मृत्यु पश्चात् पनि यी तत्त्वमा समाहित हुन्छन् । हाम्रो सम्बन्ध प्रकृतिसँग जोडिएको हुन्छ । हाम्रो आत्माको सम्बन्ध ईश्वरीय शक्तिसँग जोडिएको हुन्छ । हामीले परमात्मासँग भएको हाम्रो सम्बन्ध बुभ्mने प्रयास गर्नुपर्छ । आफूमा भएको अहङ्कार, ईष्र्या, लोभ, मोहजस्ता विकारयुक्त तत्त्वलाई त्याग्न सके परमात्मासँगको सम्बन्ध बुभ्mने प्रयासको बाटो समाउन सकिन्छ । हामी सांसारिक क्षणिक सम्बन्धमा धेरै लिप्त नभई अन्तस्करणले अनुभूत गरेको सम्बन्ध बुभ्mन सके परमात्मासँगको सम्बन्ध बुभ्mने प्रयास गर्न सकिन्छ, जसले हाम्रो जीवनीलाई आनन्दित तुल्याउन सक्छ ।
हामीलाई जहिले पनि संसारिक सम्बन्धले बढी पिरोलेको हुन्छ । हामी यस्ता सम्बन्धहरूमा सानो कमजोरी देखियो भने पनि सम्बन्धलाई तोड्न खोज्छौँ । हामी हाम्रो हरेक सम्बन्धबाट अपेक्षा राख्छौँ, त्यसैले दुःखी हुन्छौँ र हामी सम्बन्धमै खोट देख्न पुग्छौँ । मलाई आज यो लेखिरहँदा मेरा जीवनमा जोडिएका हरेक सम्बन्धलाई एकाग्र मनले सम्झिएर नमन गर्न मन लाग्यो । हरेक सम्बन्धहरूले मेरो जीवनका हरेक पलपलमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । स्कुले जीवनका ती साथीहरू जो हरेक वर्षमा आप्mनो क्लासबाट अर्को क्लासमा फड्को मार्दा सेक्शन फरक हुन्छ कि भन्ने चिन्ताले पिरोलिएका ती दिन र कतै सेक्शन नै फरक भयो भने संसार नै रितिएको महसुस हुने त्यो निश्चल सम्बन्धलाई आज सम्झिन मन लाग्यो ।
त्यस्तै कलेजको जीवनमा साथी साथीबिचको सम्बन्ध साथी भनेपछि मरिमेट्ने त्यो सम्बन्ध, स्वार्थको गन्ध पनि नथाहा पाएको त्यो सम्बन्ध कति आनन्ददायी थियो, तर हामी जतिजति सांसारिक भौतिकवादी व्यवहारमा फँस्दै जान थाल्यौँ, हामी हरेक सम्बन्धमा शङ्का गर्न थाल्यौँ, किनकि हामी सांसारिक वस्तुको अपेक्षा र आकाङ्क्षाले अन्धतातिर लम्किएका हुन्छौँ । हामीभित्र रहेको रामलाई देख्न सक्दैनौँ, न त त्यस्तै अरूभित्रको रामलाई पनि पहिल्याउन नै सक्छौँ । हामी सफल हुने दौडमा यति धेरै प्रतिस्पर्धा गर्छौं कि हामीले हाम्रो सम्बन्ध र आफ्नो अमूल्य जीवनलाई निक्कै पछाडि छोडेका हुन्छौँ ।
बाआमा र सन्तानबीचको सम्बन्ध, दाइभाइ, दिदीबहिनीबीचको सम्बन्ध, साथीसाथीबीचको सम्बन्ध, श्रीमान्श्रीमतीबीचको सम्बन्ध, व्यवसाय–व्यवसायबीचको सम्बन्ध वा अन्य समयसमयमा निर्मित हरेक सम्बन्धहरू सकारात्मक सोचाइ र एकअर्काप्रतिको सम्मान अनि कदरले ती सम्बन्धप्रति निभाउनुपर्ने धर्म पूरा गर्न सकिन्छ । हामी जसरी ईश्वरपूजा कुनै अपेक्षा नराखी विशुद्ध मन लिएर गर्छौं, त्यस्तै हरेक यी सांसारिक सम्बन्धमा पनि अपेक्षा राखिएन भने हामी हरेक सम्बन्धको आफ्नो जीवनमा महत्त्व देख्न सक्छौँ र हामी हरेक सम्बन्धलाई न्याय गर्न सक्छौँ ।
सम्बन्धको कुरा गर्दा मलाई सम्झना आयो – रक्कीको । एउटा आर्थिक हिसाबले सम्पन्न परिवार । छोराछोरी डाक्टर ईन्जिनीयर त्यो पनि भौतिक रूपमा विकसित देशमा कार्यरत । बाआमा देश र माटोको सम्बन्धलाई हार्न नसकेर आफ्नै देशमा आफ्नो जीवनको उताराद्र्धमा । साथमा छ – एउटा चार खुट्टे प्राणी रक्की । उनीहरूको सहारामा उनीहरूसँग सामिप्य भएर सम्बन्ध निभाइरहेको छ – उनीहरूको सुरक्षार्थ खटिएर ।
कोइलीको कुहु कुहु आवाज, मिर्मिरेमा चराचुरुङ्गीको चिरबिर चिरबिरको आवाज, झरनाको छङछङ आवाजले एकान्तमा सङ्गीतको सिर्जना गर्छ, शायद अहिलेको साङ्गीतिक दुनियाँको फड्को, प्रेरणाको स्रोत यिनीहरूलाई मान्दा अत्युक्ति नहोला । हामी यसरी प्रकृतिसँग हाम्रा अहिलेका भौतिक उपलब्धिको सम्बन्ध सजिलै जोड्न सक्छौँ । प्रकृति र विज्ञानको सम्बन्धको आभास गर्न सक्छौँ ।
हरेक कुराको महत्त्व हामी आफूभन्दा पर हुँदा मात्र बुझ्छौँ । जो अहिले वर्तमान छ त्यसलाई हामी त्यति महत्त्व दिँदैनौँ । हामी सधैँ भविष्यकेन्द्रित हुन्छौँ । आफूहरूसँगै अहिले भएका सम्बन्धहरूसँग रम्न सिकौँ, हरेक सम्बन्धलाई शतप्रतिशत स्वीकार्ने कोशिस गराँै, अन्तर्मनको सम्बन्धलाई बुभ्mने कोशिस गरौँ यसैमा हामीलाई परमानन्द मिल्छ । हामी जन्मिँदा पो के लिएर आएका थियौँ र मृत्युपछि पनि के नै लैजाने हो र ! बीचमा जन्म र मृत्युको अचुक सम्बन्धलाई बिर्सिएर हामी केको लागि तँछाड–मछाड गरेका हुन्छौँ ? सांसारिक सम्बन्धको साथ भनेको त मलामी बनेर घाटसम्म मात्र सीमित हुन्छ र हाम्रो बाह्य शरीरको साथ चितामा जल्नु अगाडिसम्म मात्र हो तर आत्माको सम्बन्ध परमात्मासँग हुन्छ, जो शाश्वत, अनिर्वचनीय, आनन्दस्वरूप छ ।