Logo

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण दण्डनीयः प्रधानमन्त्री ओली



काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को उपचारको क्रममा भएको स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणआक्रमणमा दोषीलाई  कारबाही गर्ने बताएका छन् । देशवासीको नाममा सम्बोधन गर्दै आज ओलीले संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मचारीमाथि आक्रमण दण्डनिय भएको बताएका हुन् ।

ओलीले स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु ड्युटीमा खटिएको सुरक्षाकर्मीमाथि आक्रमण गरेको सरह भएको पनि उल्लेख गरेका छन् । उनले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाको लागि सरकार प्रतिवद्व भएको समेत विश्वास दिलाएका छन् ।

हिजो भेरी अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएसँगै एक समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्