Logo

सत्तासंकटसँगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टद्वारा मन्त्रिमण्डल पुर्नगठन



काठमाडौं, १४ जेठ । नेकपा एमालेभित्रको विवादले सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ । यसबीच मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् ।

पुर्नगठित मन्त्रिमण्डलमा एमालेबाट प्रकाशबहादुर शाहले आन्तरिक मामलासहित आर्थिक मामला मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि मन्त्री भएका माया भट्ट र कृष्ण शाह मन्त्री बनाइएनन् । उनीहरुलाई आजै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीबाट निष्काशन गरेको छ ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लालबहादुर खड्का आन्तरिक मामला तथा कानुन मन्त्रालको जिम्मेवारी पाएका छन् । पूर्ण जोशी सामाजिक विकासमनत्री, दीर्घ सोडारी भौतिक पूर्वाधार र मानबहादुर धामी उद्दोग वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् ।

राज्यमन्त्रीमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन् ।

एमाले संसदीय दलले केन्द्रको निर्देशन अवज्ञा गर्दै मुख्यमन्त्री भट्टलाई दिइआएको समर्थन फिर्ता लिन मानेको छैन ।



प्रतिक्रिया दिनुहोस्