Logo

निजगढ विमानस्थलमा अन्तरराष्ट्रिय लगानीकर्ता छनोट



काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्षमा निजगढ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), लगानीको ढाँचा निर्धारणलगायतका कार्य गर्न अन्तरराष्ट्रिय लगानीकर्ता छनोट गर्ने घोषणा गरेको छ ।

आगामी आवको बजेट वक्तव्यअनुसार उक्त विमानस्थलको जग्गा अधिग्रहण, साइट क्लियरेन्स र निर्माणको पूर्वतयारीका सबै काम सम्पन्न गरिने उल्लेख गरिएको छ ।

यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति, ट्याक्सी रनवे, पार्किङवे निर्माण र टर्मिनल भवनको स्तरोन्नति गर्न ६ अर्ब ९५ करोड विनियोजन गरिएको छ ।

यसैगरी पोखरा अन्तरराष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरी आगामी आवमा सञ्चालन ल्याउन ८ अर्ब ५० करोड विनियोजन गरिएको छ भने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने र दोस्रो टर्मिनल भवन र अन्य पूर्वाधार बनाउन सरकारले ३ अर्ब ५३ करोड बजेट छुट्याएको छ । अन्य आन्तरिक विमानस्थल पनि स्तरोन्नति गर्ने सरकारको तयारी छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्