काठमाडौं, १६ जेठ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वितरण बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीले प्रस्तावित गरेको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जनाएको हो ।
कम्पनीले जेठ ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरेको जनाएको छ । कम्पनीको अनुसार अब यो शेयर सम्बन्धीत शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् । कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औं वार्षिक साधारणबाट उक्त बोनस शेयर पारित गरेको थियो ।