Logo

प्रतिनिधिसभा विघटन मुद्धा : संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं १६ जेठ । प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि आज पनि सुनुवाइ सुरु भएको छ ।

शुक्रबार बहस स्थगति भएपछि आइतबारका लागि सुनुवाइ सारिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अधिवक्ताहरुले आज पनि संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी गरेका छन् । शुक्रबार पहिलो दिन सुनुवाइक्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने आवाज उठाएका थिए ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्