Logo

कोभिड पछि बच्चामा देखियो नयाँ सिड्रोम, यस्ता छन् लक्षण



एजेन्सी, १६ जेठ । भारत कोभिड–१९ पछि धेरै खतरनाक कहरसँग जुझिरहेको छ । यसैक्रममा उत्तर भारतमा पछिल्लो ५ दिनमा बच्चाहरुमा मल्टि–आर्गन इन्फ्लेमेटरी सिड्रोम को १०० भन्दा बढीमा लक्षण देखिएका छन् । तर यसलाई पोस्ट कोभिडको रुपमा बुझिदै आएको छ । इन्डियन एकेडेमि अफ पेढियाट्रिक इन्टेन्सिभ केयरले यस्तो पत्ता लगाएको हो ।

एकेडेमीको अनुसार भारतमा १४ वर्ष भन्दा मुनिको २६ प्रतिशत जनसंख्या छ र यसमा करीब आधा ५ वर्ष भन्दा कम उमेरको छ । यी उमेरका बच्चाहरुमा एमआईएस–सीले असर गरिरहेको छ ।

यस्ता हुन्छन् मल्टि–आर्गन इन्फ्लेमेटरी सिड्रोम लक्षण
सबैभन्दा चिन्ताको विषय मलेरिया र डेंगुको जस्तै मल्टि–आर्गन इन्फ्लेमेटरी सिड्रोम को पनि लक्षण हुन्छ । यदि बच्चालाई २ देखि ३ दिनसम्म ज्वरो, बान्ता, पखाला, आँखा, मुख रातो हुनु जस्ता लक्षण भएमा सावधान हुनुपर्छ ।

  • ३ देखि ५ दिनसम्म ज्वरो आउनु
  • पेट बेस्सरी दुख्नु
  • रक्तचाप अचानक घट्नु
  • पखाला
    चिकित्सकहरुको अनुसार एमआईएस–सीले फोक्सो, मिर्गौला र मस्तिष्क लगायतका सबै अंगमा प्रभावित गर्न सक्छ । यदि समयमै रोगको लक्षण पहिचान गरेर बिरामीको उपचार गर्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्