Logo

नेशनल माइक्रोफाइनान्स लघुवित्तको आजदेखि संस्थापक सेयर बिक्रीमा



काठमाडौं, १६ जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले संस्थागत समुह अन्र्तगतको ८० हजार कित्ता संस्थापक सेयर विक्रि गर्ने भएको हो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न न्युनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्ता सेयरको कुनै हद नलाग्ने संस्थाले जनाएको छ ।

कम्पनीको अनुसार सेयर खरिदका इच्छुक संस्थापकहरु, व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गते देखि जेठ ३० गते सम्ममा दररेटका साथ विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिनेछ । शेयर खरिद तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्