जेठ १६, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने की विस्थापित गर्ने भन्ने विषयलाई लिएर जसपामा सुरु भएको अन्र्तद्धन्द स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी दिने श्रृंखला सम्म पुगेको छ । विवादकै बिच शनिवार बसेको बाबुराम–उपेन्द समुहको एकपक्षीय कार्यकारीणी समिती बैठकले अध्यक्ष महन्थ ठाकुर सहित नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधेको थियो ।
त्यसको काउन्टर स्वरुप महन्थ राजेन्द्र समुहले पनि शनिवार नै अध्यक्ष उपेन्द्र यादवलाई पनि २४ घण्टे स्पष्टीकरण सोध्यो । तर कुनै पनि नेताले स्पष्टीकरणको जवाफ दिएनन् । तत्पश्चात दुवै समुहले एकअर्का पक्षका नेताहरुलाई २४ घण्टे अल्टीमेटम सहित स्पष्टीकरण सोधेपनि समयसीमा बितिसक्दाँ सम्म जवाफ प्राप्त भएको छैन ।
समय सीमा भित्र जवाफ नदीएमा वा चित्तबुझ्दो जवाफ नआएमा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने दुवै पक्षले एक अर्कालाई चेतावनी दिएका थिए । २४ घण्टे समय सीमा पुरा भईसकेको छ, तर समय सीमा भित्र चित्तबुझ्दो जवाफ बुझाउनु त टाढाँको कुरा स्पष्टीकरणको बारेमा कुनै पनि नेताले प्रतिक्रीया सम्म दिएका छैन्न । अब के गर्ने भन्ने अन्यौलतामा रहेका जसपाका दुवै समुह विरोधी पक्षले लिने कदमको आधारमा आगामी रणनिती तय गर्ने बताँउछन ।
चेतावनी सहितको स्पष्टीकरणको श्रृखला पार गरीसकेको जसपा विवाद पहिले कसले कारवाही गर्ने भन्ने विन्दुमा आएर अडकेको छ । दुवै समुह पहिले अर्को पक्षले कारवाही गरेमा मात्रै आफुले कारवाही गर्दा अपजस बाट बच्ने सकिने भन्ने मान्यतामा रहेकाले जसपाको अन्र्तसंर्घष लामो समयसम्म लम्बीने देखिन्छ ।