Logo

तोकिएका कुनैपनि न्यायाधीशले संवैधानिक इजलाश नछाड्ने



काठमाडौं, १७ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि बनेको संवैधानिक इजलासमा तोकिएका केही न्यायाधीशहरुबारे विपक्षी गठबन्धनका कानुन व्यवसायीहरुले आपत्ती जनाउँदै आएका छन् । उनीहरुको वरियता र विगतको फैसला रेकर्डको विषय उठाएर आपत्ती जनाउँदै इजलास छाड्न समेत माग गरेका छन् ।

विशेषगरी न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तारोमा पर्दै आएका छन् । वरिष्ठतालाई मिचेर उनीहरुलाई इजलासमा राखिएको र विगतमा विवादास्पद फैसला गरेको जिकिर केही कानुन व्यवसायीले गर्दै आएका छन् ।

तर, संवैधानिक इजलासका कुनैपनि न्यायाधीशले नछाड्ने निर्णय प्रधानन्यायधीशलाई सुनाएका छन् । विश्वस्त स्रोतका अनुसार न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने निर्णय सुनाएका हुन् । केसी र श्रेष्ठ प्रधानन्यायाधीश राणानिकट मानिन्छन् । इजलासमा प्रधानन्यायाधीश बहुमतमा रहेकाले उनकै इच्छामुताबिकको फैसला आउने कतिपयको बुझाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्