काठमाडौं, १८ जेठ । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दल विभाजित भएको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारबाट फिर्ता गर्न दिएको निर्देशनलाई चुनौती दिएको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेताहरुमाथि निष्काशनको सिफारिश बढाइएको छ । तर, निष्काशित समूहको संसदीय दलमा बहुमत छ ।
पार्टीको निर्देशन विपरित सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेश सभा संसदीय दलका सचेतकलाई निष्काशनका लागि एमालेको केन्द्रीय कमिटीलाई सिफारिश गरिएको हो । निष्काशनको सिफारिश गरिएकामा ३ मन्त्री र ३ राज्यमन्त्री छन् ।
यसअघि सुदूरपश्चिम प्रदेश कमिटीले तीनजना मन्त्रीलाई निष्काशनको सिफारिश गरेको थियो । जसमध्ये प्रकाश शाह संसदीय दलको नेता तथा मन्त्री छन् । दुईजना अहिले मन्त्री पदमा छैनन् ।
एमालेको सुदूरपश्चिम संसदीय दलमा माधव नेपाल समूहको स्पष्ट बहुमत छ । उनीहरु भीम रावल निकट हुन् । रावलको सुदूरपश्चिममा बलियो प्रभाव छ ।
निष्काशनको सिफारिश गरिएका नेताहरु
दीर्घबहादुर सोडारी, भौतिक पूर्वाधार विकासमन्त्री
लालबहादुर खड्का, सामाजिक विकासमन्त्री
पूर्णा जोशी आन्तरिक मामला तथा कानूनमन्त्री
चुनकुमारी चौधरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री
मनाकुमारी साउद, सामाजिक विकास राज्यमन्त्री
अर्चना गहतराज आर्थिक मामला राज्यमन्त्री
यसअघि निष्काशनको सिफारिश गरिएकाहरु
प्रकाशबहादुर शाह, आर्थिक मामला तथा योजनामन्त्री
माया भट्ट, पूर्व उद्दोग पर्यटन वन तथा वातावरणमन्त्री
कृष्णराज सुवेदी, पूर्व सामाजिक विकासमन्त्री