काठमाडौं, १८ जेठ । इजलास गठनको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल सुरु भएको छ । संसद् विघटनसम्बन्धी रिटको सुनुवाई गर्न ५ सदस्यीय संवैधानिक इजलास गठन भएको थियो ।
तर, इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने कानूनविद्हरुे आवाज उठाएपछि यसबारे इजलासमा चर्को विवाद छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु श्रेष्ठ र केसी दुबैलाई आजको इजलासमा निरन्तरता दिएका छन् । File Photo/ReportersNepal