Logo

एमाले स्थायी कमिटी बैठक सुरु, १२ जनालाई कारबाहीको तयारी



काठमाडौं, १८ जेठ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बुझिएको छ । त्यस्तै, यसअघि स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई कारबाही गर्नेपनि तयारी भएको एक नेताले जानकारी दिए ।

ती १२ जना सांसदले नै अध्यक्ष ओलीलाई स्पष्टीकरणको जवाफ नदिएकोले उनीहरुलाई पार्टीबाट निश्काषन गरिन लागिएको एक नेताले जनाए । यसअघि एमाले स्थायी कमिटी बैठक दुई पटक स्थगित् भएको थियो ।

हिजोमात्रै पनि अध्यक्ष केपी शर्मा ओली पक्षधर र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरुबीच पार्टी एकताको लागि निर्णायक वार्ता भएको थियो । तर, हिजोको वार्ता फलदायी नभएपछि आज अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्