Logo

महन्थ ठाकुर समूहद्वारा उपेन्द्र यादव जसपाबाट निष्काशित



काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरेका छन् । आज बबरमहलमा बसेको ठाकुर समूहको कार्यकारिणी समिति बैठकले यादवलाई निष्काशन गरेको नेता लक्ष्मणलाल कर्णले बताए ।

यसअघि यादवले ठाकुरसहित ४ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका थिए । निष्काशित हुनेहरुमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण पनि छन् । यादवले निष्काशनको निर्णय कार्यकारिणी समितिले गरेको भन्दै निर्वाचन आयोगलाई जानकारी समेत गराएका छन् ।

जसपाभित्र अध्यक्षहरु एक अर्कालाई निष्काशनको निर्णय लिन पुगेपछि फुटेको छ । यसको औपचारिक घोषणा हुनमात्र बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्