काठमाडौं, जेठ १९ जेठ । राजा विदेन्द्रको वंश विनाश भएको आज २० बर्ष पुगेको छ । उच्चित छानविनको अभाव र प्रमाणहरु नष्ट गरिदिनाले कसले हत्या ग¥यो भन्नेकुरा अझै रहस्यमयी नै छ । यो हत्याकाण्ड अझै रहस्यकै गर्भमा रहने र यसको अनुसन्धान होला भन्ने नेपालीमा फिटिक्कै आसा समेत मरिसकेको छ ।
तर त्यसवेलाका विभिन्न घटनाक्रमले यस हत्याकाण्डलाई रहस्यमयी वनाएको छ । हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो । यस कुराले संकालाई अझ प्रत्सय दिंदै गयो । यससँगै हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोकियो । जसलेगर्दा सही रुपमा अनुसंधान हुन सकेन ।
तीन सदस्यीय त्यस समितिमा तत्कालिन एमाले महासचिव माधवकुमार नेपाल बस्न मानेनन् । सुरुमै समिति अबैधानिक समेत भयो । हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो । यस ब्यवहारलाई पनि संकास्पदरुपमा हेरियो । आखिर किन घटनाका प्रमाणहरु छोप्ने काम भए त रु
हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ । यो कसरी संभव छ रु अर्को पक्ष, गोली चलाउने तत्कालिन युवराज दीपेन्द्र हो भनियो । तर, उनलाई चाहिं कस्ले र कसरी गोली हान्यो भन्ने प्रश्न पनि आजसम्म अनुत्तरित नै छ ।
तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन । त्यसलाई कतिपयले दरबार हत्याकाण्डको शृङखलाकै रुपमा आजसम्म बुझिरहेका छन् ।
परिवारकी सदस्य प्रेक्षा शाह ९धिरेन्द्र शाहकी पत्नी० को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो । यस घटनालाई पनि आम मानिसले दरबार हत्याकाण्डसँग नै जोडेर बुझिरहे । समग्रमा दरबार हत्याकाण्ड रहस्यमयी हुनुमा यसको उचित छानमिन हुन नसक्नु नै हो । छानमिनकालागी आवश्यक विषय र घटनाहरु नष्ट गर्न तत्कालिन दरबारको शक्ति नलागेको भए आजसम्म यस घटनाले यति धेरै चर्चा नपाउन सक्थ्यो ।
यी हुन् ६ कारण
१ दरबार हत्याकाण्डमा मारिएका कसैको पनि पोष्टमार्टम नगरि हतार–हतार जलाईयो ।
२ हत्याकाण्डको छानमिनकालागी गठित उच्चस्तरिय समितिलाई ७ दिनको मात्र समयसीमा तोक्दा सही अनुसंधान हुन सकेन ।
३ हत्याकाण्ड भएको स्थल त्रिभूवन सदन हतार–हतार भत्काईयो ।
४ हत्यामा धेरै किसिमका गोली चलेको छानमिन समितिले नै पुष्टि गरेको छ । तर गोली चलाउने ब्यक्ति भनेर एकजनालाई मात्र औंल्याईएको छ ।
५ तत्कालिन राजा वीरेन्द्रको बंश विनासपछि राजा भएका ज्ञानेन्द्र शाहले मृत्युभएकाहरुको सम्पत्ति आफ्नो नाममा हतार–हतार सार्नु र प्रजातन्त्र मास्दै शासनसत्ताको बागडोर सम्हाल्न हतार गर्नुलाई पनि सकारात्मक रुपमा हेरिएन ।
६ परिवारकी सदस्य प्रेक्षा शाह ९धिरेन्द्र शाहकी पत्नी० को मृत्युपनि रहस्यमय ढंगले रारातालमा गराईएको आम संका सञ्चार भयो ।