Logo

संसद् नभएकै बेला हाम्रो मुद्दा सम्बोधन भयो : प्रमोद साह (भिडिओसहित)



काठमाडौं, १९ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रमोद साहले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने भनेर बसेको पनि स्पष्ट पारेका छन् । उनले आफूहरुले नै मुद्दा सम्बोधन गराएको दाबी गरे । तर, उपेन्द्र यादव सरकारमा १८ महिना बसेको तर मुद्दा केही पनि सम्बोधन नगरेको जिकिर गरे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु सरकारमा सहभागी नै नभईकन १ सय २३ थान मुद्दा फिर्ता भएको जिकिर गरे । उनले उपेन्द्र यादवले व्यक्तिवादी चरित्र देखाएको पनि गम्भीर आरोप लगाए । उनले संसद् नभएको बेलामा नै आफूहरुको मुद्दा सम्बोधन भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्