१) Internship गर्नुहोस्: पढ्दापढ्दै वर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैँमा काम गर्नुहोस्। व्यावहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाइँदैन। ‘इन्टर्न’ गरेरै वास्तविक जिन्दगीका लागि तयारी गर्नुहोस्।
२) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यका लागि स्रोत संकलन गर्न लाग्नुहोस्। आफ्नो बौद्धिक विविधतालाई फराकिलो बनाउनुहोस्। चाँडो आफ्नो आत्मविश्वास बढाउनुहोस्।
३) अर्थ-बारे सिक्नुहोस्: हाम्रो जीवनमा वित्त/अर्थले कसरी काम गर्छ, राम्ररी सिक्नुहोस् (आजै Compound Interest र Exponential Function ले कसरी काम गर्छ-अनुसन्धान गर्नुहोस्। सम्पन्नताले हामीलाई आफ्नो सपनातिर उन्मुख हुन स्वतन्त्रता दिलाउँछ। त्यसैले य़सको आधारभूत आधार सिक्नोस्!
४) अनुदान दिनुहोस्: आफूले जे पाउनु हुन्छ, त्यसको कम्तीमा १० को १ भाग दान दिने नियम बनाउनुहोस्। करुणा गर्नु भनेकै अनजानहरुलाई आफूसँग भएको कुरा बाँड्नु हो, जसले तपाईंको गुण थाहै पाउन्नन्।
५) यात्रामा जानुहोस्: नेपालका हिमाल, पहाड र तराईका विकट गाउँ भ्रमण गर्नुहोस्। हरेक क्षेत्रमा २ हप्ता समय बिताउनुहोस्। आफ्नो देश र आफ्नो वातावरण जान्नुभयो भने आफैंलाई पनि बुझ्न सकिन्छ।
६) Mentor हुनुहोस्: आफूभन्दा तल्लो क्लासका कुनै एक विधार्थीलाई आफ्नो काँधमा लिनुहोस् र उनलाई बाटो डोहोर्याउनुहोस्। कसैलाई जीवनको शुरुवाती दिनमा ठिक बाटोमा डोहोर्याउन सके पछि त्यही कोही मानवजातिकै लागि ठूलो मार्गदर्शक बन्न सक्छ।
७) प्रयोगमा ल्याउनुहोस्: शक्तिशाली सूचनाको हक ऐन थाहा पाउनुहोस्। आफ्नो वडा-टोलमा काम भैरहेका छन् कि छैनन् र कति बजेट केमा खर्च भयो भनेर। आफ्नो स्थानीय सरकारलाई जवाफदेही बनाउनु भनेकै जिम्मेवार नागरिक बन्नु हो। नागरिकका लागि सबैभन्दा बलियो ऐन हो, ‘सूचनाको हक’।
८) समूह जोड्नुहोस्: यस्ता क्लब, समूह, सन्जाल जसले तपाईंहरुले स्कुल-कलेजमा भोग्दै गरेका बाधा-अड्चनहरुलाई सीधै चिर्ने कोसिस गर्छ। जुन एक्लै गर्न आँट आउन्न, ती हामी मिलेरै समाधान गर्न सक्छौँ।
९) असफलतादेखि नडराउनुहोस्: तपाईं यत्ति प्रयास गर्नुहोस् कि असफलताको एउटा सीभी वा रेजुमे नै बनोस्। किन? हरेक सफलताको पछाडि शृंखलाबद्ध असफलताका अनुभवहरु जोडिएका हुन्छन्।
१०) खेल्नुहोस्: खेलकुद बकाइदा गर्नुहोस् वा कुनै खेल टोलीकै व्यवस्थापन गर्न लाग्नुहोस्। जीवनमा नेतृत्व सिक्ने उत्तम ठाउँ यही हुन सक्छ। हेर्नुहोस् चाँडो पुग्न एक्लै जानु तर टाढा पुग्न सँगै जानु ठीक। जीवनमा सफलता भनेकै टाढा पुग्नु होइन र?
११) लेख्नुहोस्: एउटा Blog (Diary) बनाई निरन्तर आफ्नो अनुभव र आवेग लेख वा अरु कुनै किसिमले चित्रण गर्नुहोस्। आफ्ना विचारहरुलाई नियमित रुपमा टल्काउँदै जानुभयो भने बल्ल जिन्दगीको उद्देश्य छर्लङ्ग हुन थाल्छ।
१२) दृढ बन्नुहोस्: आफ्नो सपनाको पछि लाग्दा हार कदापि नमान्नुहोस्। नेपालमा तपाईंभन्दा कम योग्यले तपाईंलाई हराउन प्राय तपाईंलाई थकाउने रणनीति लिन्छन्। सफलता पाउने हो भने अरुभन्दा पहिले नथाक्ने दृढ विश्वास बोकी हिँड्नुहोस् है।
यी सुझावहरु व्यवहारमा उतार्नुभयो भने तपाईंको परिवार, इष्टमित्र र अरु धेरैको हिरो बन्नु हुनेछ! मलाई विश्वास गर्नुहोस् यसमा!
थापाको हिजो ४४ वर्षको उमेरमा दुःखद् निधन भएको छ ।